जेनजी आन्दोलनः घाइतेहरूको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेनिर्देशन दिएको छ ।

मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यस्तै, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार