काठमाडौं । लगखनखेल क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको छ । ललितपुर महानगरपालिकाको महानगर प्रहरी बलले आइतबार ललितपुर जिल्ला अदालत अगाडिका टहराहरूमा डोजर चलाएको हो ।
सरकारी जग्गामा अतिक्रमण गरेर बनाइएका टहरा नगर प्रहरीले डोजर लगाएर भत्काएको हो । नगरप्रहरी प्रमुख सीताराम हाछेथुले अतिक्रमित संरचना हटाइएको जानकारी दिए ।
ललितपुर चोकबाट जिल्ला अदालत हुँदै महालक्ष्मीस्थानतर्फ जानेतर्फको दायाँबायाँ अनधिकृत संरचना बनाएर सटर भाडामा लगाइएको थियो ।
यसक्रममा बुद्धि विकास मण्डलको भवन र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको संरचना पनि भत्काइएको छ ।

