काठमाडौं । आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले दुर्घटनापछि सो गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको जानकारी दिए ।
ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएर भागेको थियो ।
गाडीको ठक्करबाट सामान्य घाइते भएकी बालिका बीएण्डबीमा उपचारपछि अस्पतालबा डिस्चार्ज भइसकेकी छन् ।

