कैलाली । कैलालीको टीकापुरका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको मिति २०८१ श्रावण ३० गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० बस्ने २८ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका छन् ।
भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

