१२ हजार घुससहित नायब सुब्बा रंगेहात पक्राउ

काठमाडौं । जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई १२ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

फैसलाको प्रतिलिपि दिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

धमलाले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित यातायात चोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार