रुपन्देही–३ का उम्मेदवार लेखजङ थापाको व्यक्तिगत जीवनबारे खुलासा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही–३ का उम्मेदवार डा. लेखजङ थापाले आफ्नो व्यक्तिगत जीवनका विषयमा खुलेर अभिव्यक्ति दिएका छन्।

सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले जीवनमा दुई पटक विवाह भएको र एक पटक सम्बन्धविच्छेद भएको तथ्य स्पष्ट गरेका छन्। उनले सम्बन्धविच्छेदपछि समेत सन्तानलाई साझा अभिभावकत्व दिँदै आएको बताए।

उनले हाल आफ्नो निजी जीवनलाई लिएर भइरहेको प्रश्नलाई व्यक्तिगत नभई पार्टी र सुसंस्कृत राजनीति विरुद्धको सुनियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन्। “मेरो पारिवारिक जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण। यो आक्रमण ममाथि होइन, परिवर्तनको यात्रा गर्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि हो,” उनले लेखेका छन्।

पेशाले न्युरोचिकित्सक रहेका थापाले १४ वर्ष लामो पेशागत यात्रामा हजारौँ बालबालिकासँग प्रत्यक्ष अनुभवले परिवार विखण्डनले उनीहरूको मनोविज्ञानमा पर्ने असर गहिरो रूपमा महसुस गरेको बताए। त्यही कारण साझा अभिभावकत्वलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ।

राजनीतिमा प्रवेशको कारण स्पष्ट गर्दै उनले पेशागत रूपमा सन्तुष्ट भए पनि देशमा बढ्दै गएको विकृति र बेथितिबाट असन्तुष्ट भएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको बताए।

उम्मेदवार छनोट प्रक्रियालाई ऐतिहासिक अभ्यासको रूपमा व्याख्या गर्दै थापाले पार्टीको कुनैपनि निर्णयलाई सहर्ष स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको स्टाटस यस्तो छः

सम्बन्धित समाचार

ताजा समाचार