पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै पत्रकार सम्मेलन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार