डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए । उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिएका छन् । उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार गरे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । डेंगी समस्या भन्दा माथि गइसकेको बताएका छन् ।

मन्त्री पौडेलले भने, ‘जसरी हामीले यसलाई महशुस गर्नुपर्ने हो त्यसरी हामीले महशुस गरेको स्थिति छैन । हामीले यसको जटिलता, चुनौति, समस्या जति हो, त्यसरी नै समाजलाई महशुस गराउन जरुरी छ । मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो । परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभाविता भएको स्थिति छ । वर्षेनी बढिरहेको छ । यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिव छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने रु यसको एउटा शुल्क निर्धारण गर्नुपर्छ । निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ । निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदरामा धेरै समस्या छ । खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ।’

मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार