काठमाडौं । अश्लिल गीतलाई नियन्त्रण गर्न माग गर्दै तीन गीतविरुद्ध राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
ध्रुव पुन र चन्द्रकुमारी शाहीको आवाज रहेको ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा-लक्ष्मी थापाको आवाजमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको आवाजमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो ।
आइतबार संस्थाका पदाधिकारीले ब्यूरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको अभिनयले सामाजमा नकारात्मक असर पुग्ने उजुरीमा उल्लेख छ ।

