काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ ।
राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।
बजेट अगामी आइतबार प्रस्तुत हुनेछ ।

