बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । स्थानीय ५५ वर्षीया द्रोपति भट्टको ज्यान गएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कालुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट घाइते भएकी महिलाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताए ।

उनका अनुसार महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार