बालेन शाहले गरे कार्यपालिका बैठक आह्वान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चारविज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठकलगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार