काठमाडौं । मनसुनजन्य विपद्को क्षति न्युनिकरणका गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ ।
बुधवार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान गर्न आवश्यक रहेको जानकारी गराएको छ । प्राधिकरणका कार्यकारी प्रमुख (इन्जिनियर) दिनेशप्रसाद भट्टले विपद्बाट जोगिनका निम्ती चीनसँग समन्वय गर्नु जरुरी रहेको बताएका हुन् ।
इन्जिनियर भट्टलले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरुको पनि उपस्थिती रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए । भट्टलले पूर्वसूचना प्रणाली अहिले नेपालको सिस्टमले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउदै उनले भने—, ‘रसुवा बाढीको सन्दर्भमा चीनसँगको स्थायी समन्वय जारी राखि रहनुपर्नेछ । सोही अनुसार हामी पनि सही दिशामा अघि बढ्नेछौँ । युएनडिआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ । चीन र हाम्रो बीचमा इन्फरमेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ । अर्लि वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ । अझै त्यसलाई बढाउन जरुरी छ ।’
विपद् सम्बन्धि पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताए । उनले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको जानकारी गराएका छन् ।
उनले विपद् जतिबेला जसरीपनि आउने हुँदा सबैले आ—आफ्नो ठाउँबाट सतर्क रहन समेत पत्रकार सम्मेलन मार्फत आवह्वान गरेका छन् ।

