स्वस्तिका पन्थी । नेपाली काँग्रेसको सय दिने अभियानमा लमजुङ पुगेर फर्किएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले कार्यकर्ताको गुनासो नसुन्ने मन्त्रीलाई पार्टीले पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
क्रियाशिल सदस्यको घरदैलोमै पुगेर कार्यकर्ताका गुनासोको पोको बोकेर फर्केका सत्तारले आफ्नै पार्टीका मन्त्रीसँग जनताका गुनासोको पोको फुकाउन नपाएपछि केन्द्रिय समितीको बैठकमा खरो रुपमा प्रस्तुत भएका उनले यस्तो बताएका हुन । आफ्नै पार्टीका मन्त्रीले फोन नउठाएपछि उनले– “हाम्रो फोन नउठाए तपाईले कसको फोन उठाउनु हुन्छ ? अब फेरी यो हलमा फर्केर आउनु पर्दैन ?” भनेर प्रश्न गरेका छन् ।
सत्तारले लमजुङमा नेपाली कांग्रेसको सांगठनिक अवस्थालाई ईरान र ईराकको संज्ञा दिएका छन् । उनले पार्टीले हरेक प्रशिक्षणमा क्रियाशिल सदस्यहरुलाई जोड्न नसकिए सकरात्मक परिर्वतन नहुने बताए ।
अनुशासन समितिको प्रतिबेदनको बिषयमा बोल्दै उनले अनुशासन समिती मात्र क्रियाशिल सदस्यलाई होकी पदाधिकारलिाई पनि हो भन्दै प्रश्न गर्दै अनुशासन समिती २/४ जनाका लागी भर्ती गर्ने थलो नवनाउन चेतावनी समेत दिए । यदि अनुशासन समितीले उचित कार्वाही गर्न नसकेको खण्डमा कार्यकर्ता तितरवितर हुने भन्दै केन्द्रीय समितीलाई सचेत गराएका छन् ।
सत्तारले भातृसंगठन बिघटन गरी निर्देशन समितीलाई जिम्मा लगाएर बिद्यमान अन्यौलतालाई चिनुपर्ने बताएका छन् । उनले बैठकमा बोल्दै भारतमा रहेका जनसम्पर्क समितिसँग भारतमा रहेका नेपालीको अवस्था कस्तो छ नजिकबाट जानकारी लिन जरुरी रहेको उल्लेख गरेका छन् ।

