धारिलो हतियारले लागेर श्रीमतीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ मा श्रीमान‍्ले प्रहार गरेको धारिलो हतियारले लागेर श्रीमतीको मृत्यु भएको छ ।

टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले श्रीमती ३० वर्षीया देविकाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टका अनुसार घरायसी विवादमा श्रीमान् चन्द्रबहादुरले देविकाको हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हत्यापछि चन्द्रबहादुर आफैँ चार किलोमिटर टाढाको इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार