कैलालीमा एक वृद्धाको हत्या

कैलाली । कैलालीमा एक वृद्धाको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा ८० वर्षीय माता देवी शाहीको सुत्ने कोठामै हत्या गरिएको हो ।

उनको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शाहीको मंगलबार बिहान शव फेला परेको थियो ।

प्रहरीका अनुसार उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनको छाती र घाटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार