निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने

काठमाडौं। पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन्।

शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले १५ वर्षभित्रमा निजी विद्यालयहरू गैरनाफामुलक हुनुपर्ने बताएकी हुन्।

संविधानको स्प्रिट अनुसार निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउनुपर्ने उनको भनाइ थियो । संविधानको स्प्रिट अनुसार जान नसकिने भएपछि संविधान नै संशोधन गर्नुपर्ने उनले बताइन् ।

ऐन प्रारम्भ भएपछिको १५ वर्षभित्रमा गैरनाफामुलक संस्थाको रूपमा हुनुपर्ने आफ्नो प्रस्ताव भएको उनले बताइन् । विवादित विषय टुङ्गो लगाएर असार १५ गते प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी छ।

 

सम्बन्धित समाचार

ताजा समाचार