सर्वोच्चद्वारा मुकुल ढकालको मुद्धामा कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निष्काशित डा. मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

ढकालले रिटमा आफूलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने र महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग राखेका छन् । तर, रास्वपाले ढकाललाई अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित हर्कत गरेको भन्दै २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार