काठमाडौं । आइतबार बसेको प्रतिनिधीसभाको बैठकमा सभामुख देबराज घिमिरे र स्वतन्त्र सांसद अमरेशकुमार सिंहबीच संसद बैठकमै चर्काचर्की भएको छ ।
सांसद् सिंहले बजेट विनियोजनमा विभेदमा परेका ७२ जिल्लालाई लिजमा दिँदा हुन्छ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ । संसद्मा बोल्ने क्रममा सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको अभिब्यक्ति दिएपछि यस्तो बिवाद भएको हो ।
सांसद सिंहले नेपालका चार–पाँच जिल्ला भाग्यमानी जिल्लाहरू भएका र ती जिल्लाहरुलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिउँ अर्को देशलाई । अमेरिका, चाइना, भारतलाई दिउँ । बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ? भन्दै प्रश्न गरेका छन् ।
सांसद सिंहको भनाइप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । यता, सभामुख घिमिरेले सांसदले पाँच जिल्लाबाहेक अरु जिल्लालाई अरु मुलुकहरूलाई दिए हुन्छ भन्ने तर्कलाई अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसद्मा असंसदीय भाषा प्रयोग भयो भन्दै उक्त भनाइलाई संसदको रेकर्डबाट हटाउने निर्देशन निर्देशन दिएका छन् ।

