विरोधकैबीच चल्यो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

संसद् शुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् ।

संसद्मा अहिले अर्थमन्त्री विष्णु पौडेलले नाराबाजीका बीच आफ्नो भनाइ रोष्ट्रमबाट राखिरहेका छन् ।

बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार