नाफा हाम्रो उद्देश्य होइन, नाफाको पछाडि लागेर लोडसेडिङ गर्नुहुन्न : हितेन्द्र शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताएका छन्।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताए। उनले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताए। उनले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताए।

उनले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरे। उनले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताए। कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरे।

उनले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यति बेला कोही कसैले आपत्ति नजनाएको जिकिर गरे।

सम्बन्धित समाचार

ताजा समाचार