काठमाडौंमा आगलागीः एक जनाको ज्यान गयो

काठमाडौं- काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जना महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।

सम्बन्धित समाचार

ताजा समाचार