लुम्बिनीमा २५६९औं बुद्ध जन्मजयन्ती समारोह सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

भगवान् गौतम बुद्धको २५६९औं जन्मजयन्ती तथा लुम्बिनी दिवसको मूल समारोह सोमबार बिहान लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा औपचारिक रूपमा सुरु भएको छ ।

समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, उपासकका तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ ।

बुद्ध जयन्तीको अवसरमा आइतबारदेखि नै लुम्बिनीमा विभिन्न सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू सुरु भइसकेका छन् । सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा पनि मंगलबारसम्म विविध कार्यक्रम सञ्चालन हुने कार्यक्रम तालिका रहेको छ ।

मूल समारोह सुरु हुनु अघि बिहान मायादेवी मन्दिर परिसरबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलसम्म आकर्षक शोभायात्रा निकालिएको थियो, जसले समस्त संसारमा शान्ति र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ । लुम्बिनी विकास कोषले यस वर्षको बुद्ध जयन्ती कार्यक्रम व्यवस्थापनका लागि एक करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार