नेपालमा क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै

क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो।

सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिए।

उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेकोसमेत जानकारी दिए। उनले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए।

क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको उनले जानकारी दिए। तिवारीका अनुसार १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ।

क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८.६ प्रतिशत रहेको बताए।

क्षयरोग भए/नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्ने क्रमसमेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार