बेलायती प्रधानमन्त्री केयर स्टारमरले देशले २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २.५ प्रतिशतमा पु¥याउने बताउनुभएको छ । यस हप्ताको अन्त्यमा वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटअघि संसदको तल्लो सदन हाउस अफ कमन्समा बोल्दै स्टारमरले अप्रत्याशित बयानमा यो घोषणा गर्नुभयो । सरकारले शीतयुद्धको अन्त्य पछि रक्षा खर्चमा सबैभन्दा ठूलो दिगो वृद्धि गर्ने बताउनु भयो । बेलायतको हालको रक्षा खर्च जिडिपीको लगभग २.३ प्रतिशत छ ।
प्रधानमन्त्रीले आर्थिक र वित्तीय अवस्थाको अधीनमा रहेर अर्को संसदमा बेलायतको रक्षा खर्च जिडिपीको ३ प्रतिशतमा बढ्ने पनि बताउनु भयो । रक्षा खर्चमा भएको वृद्धिलाई आर्थिक सहयोग गर्न, स्टारमरले सरकारले २०२७ मा विकास सहायतामा खर्च ०.५ प्रतिशतबाट घटाएर जिडिपीको ०.३ प्रतिशतमा पु¥याउने बताउनु भयो ।

