आ.व.२०२३–२४ मा भारतको निर्यात ७७८.२१ अर्ब अमेरिकी डलर

भारत सरकारले आर्थिक वर्ष २०२३–२४ (अप्रिलदेखि मार्च) मा देशको निर्यात ऐतिहासिक वृद्धि भएको जनाएको छ । आ.व.२०२३–२४ मा भारतको निर्यात ७७८.२१ अर्ब अमेरिकी डलर पुगेको जनाएको हो । जुन अहिलेसम्मकै कीर्तिमानी निर्यात हो । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयकाअनुसार यो आर्थिक वर्ष २०१३–१४ मा ४६६.२२ अर्ब डलरबाट ६७ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयले यो वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख क्षेत्रहरूमा इलेक्ट्रोनिक्स, औषधि, इन्जिनियरिङ सामान, फलाम र कपडा समावेश रहेको बताएको छ । आर्थिक वर्ष २०२४–२५ मा पनि यो गति जारी रहेको र अप्रिल–डिसेम्बर २०२४ मा सञ्चयी निर्यात ६०२.६४ अर्ब डलर अनुमान गरिएको बताएको छ । जुन २०२३ को सोही अवधिमा ५६८.३६ अर्ब डलरबाट ६.०३ प्रतिशतले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार