कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो ।

कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन् ।

आइतबार कीर्तिपुरको मेयरका लागि मतदान हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार