भारतको हिमाचलमा बस दुर्घटनाः ९ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार यो दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव १४२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार