हैदराबाद । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जी।भी।नारायण रावले बताए।
अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए। उनका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ ।
करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ ।

