सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन

काठमाडौं । सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य शुरु भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट सो कार्य सुरु भएको हो ।

अहिले सङ्घीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सकिएको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिका सांसदको सो विवरण सङ्कलनको काम भइरहेको पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समितिको उक्त विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वैशाख २८ गते सोमवार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदको उक्त विवरण सङ्कलन गरिने पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार