बालेनको मन्त्रिपरिषद्ः सोवितालाई कानुन मन्त्रालय

काठमाडौं । नयाँ राजनीतिक समिकरणसँगै सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। प्रधानमन्त्रीमा नियुक्त भएका बालेन शाह ले मन्त्रिपरिषद् विस्तारलाई गति दिँदै प्रमुख मन्त्रालयहरूमा नयाँ अनुहारहरूलाई जिम्मेवारी सुम्पिएका छन्।

यसैक्रममा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ। उनलाई कानुनी सुधार र संसदीय प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको मानिएको छ।

सरकारको अन्य महत्वपूर्ण मन्त्रालयहरूमा पनि नयाँ नियुक्तिहरू तय भएका छन्। गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलले जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तारसँगै छिट्टै कामको स्पष्ट दिशा दिने संकेत गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार