नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएको राजीनामा अझै केन्द्रीय कार्यालय सानेपामा दर्ताका लागि पुगेको छैन। सभापति थापाले बुधबार साँझ उपसभापति शर्मालाई राजीनामा बुझाएको थापाका एक सहयोगीले जानकारी दिएपछी उनको राजिनामाको बारेमा समाचारका हेडलाईन बनेका छन् । तर शर्माले दर्ता गर्नका लागि तोक लगाएका छैनन् ।
काङ्ग्रेसको विधानमा सभापतिले उपसभापति समक्ष राजीनामा बुझाउने र उपसभापतिले केन्द्रीय कार्यालयमा दर्ता गर्न भन्ने छ । यसरी आएको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने प्रावधान छ। अहिले सभापति थापाले राजीनामा बुझाए पनि शर्माले तोक लगाएर दर्ताका लागि आदेश दिई नसकेको स्रोतले जानकारी दिएको छ । जानकारी अनुसार शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगावै थापाको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता हुनेछ र उपसभापति शर्माले सभापतिको राजीनामा आएकोले छलफल गर्ने प्रस्ताव पेस गर्नेछन्।

