रास्वपा सांसदलाई रवि लामिछानेका १० निर्देशन

२१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिए ।

ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन गर्दा सभापति लामिछाने हिजोको विद्रोही र आलोचक छविबाट माथि उठेर उनी एउटा जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको सन्देश दिए ।

लामिछानेले पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा आफ्नो सम्बोधन केन्द्रित गरे । उनको मन्तव्य एउटा ‘पपुलिस्ट’ नेताको भाषणबाट जिम्मेवार नेता बन्ने दिशातर्फको पाइला जस्तो अनुभूति हुनेगरी आएको छ ।

उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट जोगाउन, जिम्मेवारीको बोध गराउन र दललाई एउटा परिपक्व, सहिष्णु र परिणाममुखी संस्थाको रूपमा रूपान्तरण गर्न गम्भीर, स्पष्ट र सन्तुलित निर्देशन दिएका छन्।यसक्रममा उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गरे, धन्यवाद दिए । सँगै, भविष्य आफ्नो दलले बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । सामाजिक सञ्जालमा प्रतिक्रियात्मक देखिने नेता कार्यकर्ताहरूलाई त्यस्तो अभ्यासबाट बाहिर निस्कन निर्देशन दिए ।

सम्बन्धित समाचार

ताजा समाचार