९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं ।’

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थाल सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट पर्सा क्षेत्र नम्बर नं। २ का उम्मेदवार मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार