चुनाव प्रचारमा तडक भडक नगरिदिनुहोला – गम प्रसाद गुरुड.

काठमाण्डौ ।  बढ्दो चुनावी सरगर्मी मा तातो मैदान बनेको लमजुड. जिल्लाका नेपाली कांग्रेसका उमेद्वार गमप्रसाद गुरुड.ले आसन्न निर्वाचन भरी आफ्ना समर्थक र शुभचिन्तकहरुलाई चुनाव प्रचारमा तडकभडक नगरिदिनुहुनका लागी आग्रह गरेका छन् । आफैमा साधकी नेताका रुपमा चिनिएका गुरुड.ले नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागी पनि आफ्नो चुनावी गतिबिधिमा तडकभडक नगरिदिन आग्रह गरेका हुन् ।

उनले चुनावी प्रचारका क्रममा वडापिच्छे उमेद्वार पुग्दा खसि ढाल्ने परम्परालाई यसपटकदेखी ब्रेक गर्दै दाल र भातमा चित्त बुझाईदिन आग्रह गरेका छन् । जसले गर्दा कांग्रेसमा लागेको दाग मेटीने उनको भनाई छ । शनिबार लमजुड. काठमाण्डौ सम्पर्क समितीले काठमाण्डौमा राखेको उमेद्वार परिचय कार्यक्रममा बोल्दै उनले लमजुड.मा अब नेपाली कांग्रेसको गुटको राजनिती अन्त्य भएको पनि जानकारी दिएका छन् ।

कार्यक्रममा गरुड.ले बोल्दै गर्दा अन्य राजनितीक दलका कुनै पनि उमेद्वारलाई गाली गर्न र तितो पोख्न समय खर्चिएनन् । बरु लमजुड.मा आफ्नो योगदान र भावि योजना सुनाए । जसले गर्दा गुरुड.का भाषणले लमजुड.मा सुधारिएको कांग्रेसको अनुभुती पाएको एक कार्यकर्ताले बताए । आफैमा कृषि क्रान्तीमा होमिएका गम प्रसादले भाषणमा लमजुड.को दिगो बिकास होईन व्यवहारमा लमजुड.को दिगो बिकासको खाका सुनाएका थिए । कृषि , शिक्षा र संचारमा समेत कार्यअनुभबको दृष्टान्त उल्लेख गर्दै गुरुड.ले लमजुड.बासीलाई सके राम्रो गर्ने नसके लमजुड.गे जनताको शिर झुक्ने काम नगर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार