माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गरेको हो ।

आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुन: आदेश भयो । अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले  भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’

उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार