निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए ।
आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको हो ।

