गगन कांग्रेसले दियो आयोगमा विवरण अद्यावधिकको निवेदन

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापासहित पदाधिकारी टोली कानुनविद्हरूको साथ आयोग पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरेको हो ।

सभापति थापाले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेकाले पार्टीको विवरण तत्काल अद्यावधिक गरिदिन आग्रह गरे । उनले विधानको धारा १७(२) अनुसार महाधिवेशन भएको जानकारी गराउँदै निर्वाचनको समय नजिकिएकाले प्रक्रिया चाँडो अघि बढाउन अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार