सुनको मूल्य बढयो, चाँदी घट्यो

स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ।

सय रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने  सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको  थियो ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । १० रुपैयाँले घटेर आज प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार