डोल्पा । डोल्पाको त्रिपुराकोटमा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। भे१३प ९२६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकायाको साथबाट उक्त रकम बरामद भएको हो।
भेरी करिडोर सडकखण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। बरामद रकमसहित दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको छ।

