मिटरब्याज पीडितलाई गृहमन्त्रीले बाटोमै भेटे

काठमाडौं । न्याय खोज्दै काठमाडौं हिँडेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आफैं सिमरा पुगेका छन्।

असार २५ गते जनकपुरधामबाट पैदल मार्च सुरु गरेका पीडितहरू सोमबार साँझ बाराको निजगढ आइपुगेका थिए। मंगलबार बिहानै उनीहरू पुनः काठमाडौंतर्फ हिँड्ने तयारीमा थिए।

तर, गृहमन्त्री आफैं समस्या सुन्न आउन लागेको खबर पाएपछि उनीहरूले आफ्नो यात्रा रोकेर निजगढमै पर्खिरहेका छन्। जनताको दुःख र पीडा सुन्न गृहमन्त्री आफैं कार्यक्षेत्रमा खटिएपछि, मिटरब्याज पीडितहरूले राज्यको उपस्थिति महसुस गर्दै न्याय पाउने आश गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार