काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। दाजु मदन नेपालीले प्रहरी वृत्त कालीमाटीमा दिएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ।
सरकार र पीडित परिवारबीच शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहजीकरण गर्ने सहमति भएपछि प्रहरीले गणेशको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने प्रक्रिया अघि बढाएको छ।
मुगुको सोरु गाउँपालिका–१ का गणेशले असार २५ गते त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए। महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरिएको विषयमा विवाद भएपछि उनले आत्मदाह गरेको बताइएको छ। उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

