ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा राजुमान डंगोल बिजयी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा राजुमान डंगोल बिजयी भएका छन । अध्यक्षका प्रत्यासी प्रश्रय राजभण्डारीलाई पराजित गर्दै डंगोल अध्यक्षमा बिजयी भएका हुन । डंगोलले ५१७ मत ल्याउदा राजभण्डारीले २६६ मत मात्रै प्राप्त गरे ।

डंगोल नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे ९५२३०, द्वितीय उपाध्यक्षमा दावङ तामाङ (४८२), महासचिवमा पशुपति कडेल (५०२), सचिवमा दिलीप कडेल (४४५) तथा कोषाध्यक्षमा किन्चु लामु भुटिया ९५२०० मत सहित बिजयी भएका छन ।

प्रश्रय राजभण्डारी नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ (टाइगर), तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुण्यराम लागेजु, सचिवमा प्रकाश थपलिया तथा कोषाध्यक्षमा रोशन अधिकारी उम्मेदवार रहेका थिए । १३०९ जम्मा मतदाता सङ्ख्यामा ११२५ मत खसेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार