सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेश गर्न रोक

काठमाडौं । भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको छ। सेन्टरमा खटिएका कर्मचारीहरूले मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति बिना भित्र जान नपाइने भन्दै रिपोर्टिङका लागि पुगेका पत्रकारलाई फर्काएका हुन्।

यसअघि गृहमन्त्री सुधन गुरुङसहित सरकारी टोलीले उक्त होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो। त्यसलगत्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीले भने प्रवेश अनुमति नपाएको गुनासो गरेका छन्।

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर बाढी र डुबानको जोखिममा परेपछि त्यहाँ रहेका सुकुमवासीहरूलाई अस्थायी रूपमा खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो। उनीहरूको बसोबास, व्यवस्थापन र समग्र अवस्थाबारे जानकारी लिन पुगेका पत्रकारलाई ‘माथिबाट अनुमति’ आवश्यक रहेको जानकारी दिइएको थियो।

यस बिषयले सार्वजनिक सरोकारको विषयमा प्रश्न उठाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार