मौसम बदलीः यी १० जिल्लामा बाढीको जोखिम

काठमाडौं । देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ । आज पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना । ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै विभिन्न १० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार