हिरासतबाट प्रहरीकै अगाडी थुनुवा टाप

कैलाली । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुर को हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा टाप कसेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार, टीकापुर–१ निवासी ३१ वर्षीय संजय नगार्जी आइतबार राति पानी खाने बहानामा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै हिरासतबाट फरार भएका हुन्।

प्रहरीका अनुसार नगार्जी असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। घटनापछि फरार थुनुवाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र खोजी कार्य तीव्र पारिएको जनाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार