प्रचण्डले किसानले मल र बीउ नपाएको भन्दै गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयोजक दाहालले सोमबार राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको अवसरमा एक शुभकामना शन्देश जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्। कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गरेका छन्। उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताए ।

तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको भन्दै संयोजक दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गर्नुभएको छ। संयोजक दाहालले देशका सम्पूर्ण कृषकहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार