रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आजै साँझ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज साँझ शपथ लिने भएका छन्।

महाधिवेशन आयोजक समितिका अनुसार शपथग्रहण कार्यक्रम साँझ ६ः ३० बजे महाधिवेशनस्थलको सभाहलमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै आज शपथग्रहण कार्यक्रम तय गरिएको हो। शपथपछि नवगठित नेतृत्वले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार