सुप विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न, दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शुक्रवार सम्पन्न दीक्षान्त समारोहमा दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा विश्वविद्यालयबाट विद्यावारिधि लिनुभएका डा।तुलसी कुमारीलाई पनि दीक्षित गरिएको छ ।दीक्षान्त समारोहमा चार विद्यार्थीलाई पहिलो पटक डिन्स पदक पनि प्रदान गरिएको छ । डिन्स पदक तर्फ मथुरा प्रसाद उपाध्याय, कैलाश राज भट्ट, आयुशा जोशी, भरत साउदलाई प्रदान गरिएको छ ।

त्यसै गरी, चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाइस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक प्राप्त गरेका छन् । भने स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्टलाई प्रदान गरिएको छ ।

दीक्षान्त समारोहमा सात सय ६७ विद्यार्थी सहभागी थिए । जसअनुसार कृषि विज्ञान सङ्काय तर्फबाट ३३ , शिक्षा संकायबाट २४२, इन्जिनियरिङ संकायबाट ५३ विद्यार्थी, मानविकी र सामाजिक विज्ञान संकायबाट १८२, व्यवस्थापन सङ्काय तर्फबाट २३९ र विज्ञान तथा प्रविधि संकायबाट १८ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी भएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार