काठमाडौं । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न आज अमेरिका जाँदैछन् । आउँदो आइतबार हुने अर्जेन्टिना र जोर्डनबीचको खेललाई रंगशालामै पुगेर हेर्ने उनको तयारी छ ।
अनमोलले आफू एक्लै अमेरिका जान लागेको बताए । अर्जेन्टाइन स्टार लियोनल मेसीका प्रशंसक समेत रहेका अनमोलले मिलेसम्म अन्य खेल पनि हेर्ने बताए ।
अर्जेन्टिनाले आइतबार बिहान ७ बजेर ४५ मिनेटमा जोर्डको सामना गर्दैछ । यो खेल टेक्सासको ड्यालस रंगशालामा खेलिँदैछ । ड्यालस नेपाली समुदायको उच्च बसोबास रहेको थलो हो ।
केही दिनअघि अनमोलले ‘बाटुलो जून’ फिल्मको छायांकन सकेका छन् । झन्डै २० दिन अमेरिकामा बसेर अनमोल स्वदेश फर्किनेछन् ।

